काठमाडौं । महानगरीय प्रहरी कार्यालय (मेट्राे) रानीपोखरीले सादा पाेशाकमा खटाइएका घुमवा प्रहरी खारेज गरेको छ ।
रानीपोखरीका आयुक्त डीआईजी विश्वराज पोरखेलले आफू महातत रहेका सबै घुमुवा प्रहरी खारेज गरेका हुन् । डीआईजी पोखरेलले सादा पोशाकका सबै घुमुवा प्रहरी परिचालन बन्द गरिएको जानकारी दिए ।
रानीपोखरीमा वर्षौदेखि घुमुवा प्रहरी थिए । कार्यालय प्रमुख फेरिएसँगै सबैले आफूअनुकुल घुमुवाको रुपमा प्रहरी खटाउँदै आएका थिए ।
मेट्रोबाट परिचालित हुँदै आएका २५ जना घुमुवालाई हटाएर उनीहरुलाई दैनिक काममा लगाइने मेट्रोले जनाएको छ । आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै परिसरका घुमुवाहरु समेत हटाउने तयारी मेट्रोले गरेको छ ।
रानीपाेखरी कार्यालय मातहत उपत्यकाका ३ वटै जिल्लाका प्रहरी कार्यालय, महानगरीय ट्राफिक, अपराध महाशाखा र विमानस्थल प्रहरी कार्यालय रहने व्यवस्था छ ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६