काठमाडाैं । पछिल्लाे केही दिनयता देशैभरकाे तापक्रम निरन्तर घट्दै गइरहेकाे छ । गएकाे मंसिर २७ गते पानी परेपछि काठमाडाैं उपत्यकाकाे तापक्रम पनि निरन्तर घटिरहेकै छ ।
यद्यपि साेमबार भने उपत्यका केही ताताे भएकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । केही दिनअघि १ डिग्रीभन्दा तल झरिसकेकाे तापक्रम साेमबार भने १.२ डिग्री सेल्सियसमा अडिएकाे छ ।
पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा नेपाल आइपुगेपछि चिसिएकाे माैसम अझै चिसिने क्रममा छ ।
काठमाडाैंमा चिसाे ल्याउने अर्काे एउटा कारण उपत्यकाबाट सिधै अगाडि देखिने हिमाल पनि हाे । आँखैअगाडिका हिमालबाट आएकाे चिसाेले काठमाडाैंलाई जति चिस्याउँछ, त्याे मनाेरम दृश्यले उपत्यकाबासीलाई मन्त्रमुग्ध पनि बनाउँछ ।
आकाश खुलेकाे बेला काठमाडाैंका केही अग्ला घरका छतबाट सेतै टल्किरहेका हिमालकाे दृश्यले मनै आनन्दित बनाउँछ ।
तुवाँलाेले माैका दिएका बेला आजकाे न्युजका मुनाल केसीले यी तस्बिर खिचेका हुन् ।
प्रकाशित मिति: सोमबार, पुस १४, २०७६