चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
चोङकिङको फुलिङ जिल्लमा रहेको सो भवनमा स्थानीय समयानुसार सोमबार बिहान ८ बजे आगलागी सुरु भएको सो जिल्लामा रहेको सार्वजनिक विभागले जानकारी दिएको छ ।
सो आगलागीको कारण बत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ । यस आगलागीमा परी के कति व्यक्ति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १४, २०७६