जनकपुर । चिसोका कारण कठ्यांग्रिएर धनुषा, पर्सा र बारामा ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका २३ की ४४ वर्षीया सुनितादेवी कापडीको, बाराको जीतपुरसिमरा उपमहानगरपालिका २३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुलीको मृत्यु भएको छ।
यसैगरी बारा र पर्सामा परिचय नखुलेका अन्य २ जनाको शव फेला परेको छ । उनीहरूको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।
२ सातायता तराईमा बाक्लो हुस्सु लागिरहेको छ । घाम नलागेका कारण मध्य तराईका पर्सा, बारा, रौतहट लगायतका जिल्लामा अत्यधिक चिसोले जनजीवन प्रभावित बनेको छ ।
प्रकाशित मिति: सोमबार, पुस १४, २०७६