दोलखाको पर्यटकीय गन्तव्य कालिन्चोकको कुरी बजार क्षेत्रको साँझको दृष्य । कुरी बजार क्षेत्र पछिल्लो समय हिउँ खेल्ने पर्याटकहरुको गन्तव्य बन्दै गएको छ । तस्बिर : प्रभु जिरेल
सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नजिक देखिएको सुन्दर झरना । खानेपानी आयोजनास्थल अबलोकनमा जाने जो कोहीलाई यो झरनाले लोभ्याउँछ । सो क्षेत्र पर्यटकिय महत्व बोकेपनि प्रचार हुन सकेको छैन । तस्बिर : नारायण ढुंगाना
मनाङ, नासों गाउँपालिका -७ भीमथाङमा अत्यधिक चिसोका कारण खोलामा पानी जमेर बरफ भएपछि तिर्खा मेट्न बरफ चाट्दै गरेका चौंरीको बथान । तस्बिर : नवीन लामिछाने
पल्लो मुस्ताङ भ्रमणमा घोडा चढेर जाँदै पर्यटक । सन् २०१९ जनवरीदेखि नोभेम्बरसम्मका ११ महिनामा तीन हजार ८ सय ६३ विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । तस्बिर : निरज थकाली
बागलुङ नगरपालिका–६ भान्सा गाउँमा फुलेको तोरी । तस्बिर : रामबहादुर थापा
ठमाडौँको कीर्तिपुर तीनकुनेबाट देखिएको नयाँबजारको सुन्दरवस्ती । तस्बिर : चन्द्रकला क्षेत्री
र्मिक एवं पर्यटकिय क्षेत्र गोसाँइकुण्ड आसपासका हिमाली मनमोहक दृश्य । तस्बिर : ज्ञानेन्द्र न्यौपाने
पर्यटकीय राजधानी पोखराको फेवा किनारमा रहेको रत्नमन्दिर भ्रमण वर्ष २०२० लक्षित गर्दै सर्वसाधारणलाई खुला हुने भएको छ । तस्बिर : जमुना वर्षा शर्मा
सौराहामा बिहीबार सुरु भएको चितवन हात्ती महोत्सवको उद्घाटन समारोहमा खेल खेल्न तयारी अवस्थामा राखिएका हात्तीका छावा । तस्बिर : कृष्ण आचार्य
पदयात्राबाट देखिने सुन्दर लाङटाङ हिमालको मनमोहक दृश्य । तस्बिर : ज्ञानेन्द्र न्यौपाने
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६