काजकिस्तानमा बेक एअरलाइनको हवाईजहाज दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या १४ पुगेकाे छ ।
अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा २ तले भवनमा ठोक्किएर जहाज दुर्घटना भएको थियाे । जहाजमा ९८ जना यात्रु र चालक दलका सदस्य रहेको अधिकारीहरुले बताएका छन् ।
दुर्घटनामा ८ जना बालबालिकासहित ३५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएकाे छ ।
अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ । दुर्घटनापछि विमानमा आगो लागेको थिएन । घटनास्थलमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । उक्त विमान काजकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट देशको राजधानी नूर–सुल्तानको लागि यात्रा गर्दै थियो ।
काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेवले पीडितका आफन्तप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६