काठमाडौं । चर्चित गायक गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहले सम्बन्ध विच्छेद गरेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतमा उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन् ।
न्यायाधीश विदुर कोइरालाको इजलासले ढकाल र शाहबीचको सम्बन्ध विच्छेद भएको निर्णय सुनाएको हो ।
जिल्ला अदालतका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार ढकाल दम्पत्तीबीच अलगअलग बस्ने भनेर सहमति भए अनुरुप न्यायाधीश कोइरालाको इजलासले सम्बन्ध विच्छेद गराइदिएको हो ।
मुलुकी देवानी संहिता, २०७४ मा पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६