इन्डोनेसियाको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
दुर्घटना भएर यात्रुवाहक बस नदीमा खसेको र नदीमा बेपत्ता भएकामध्ये १३ जना अझै नभेटिएको अधिकारीले जनाएका छन्।
बेपत्ता भएकाको खोजी भइरहेको र भेटिने सम्भावना न्यून रहेको खोजी तथा उद्धारमा संलग्न एक प्रहरीले जानकारी दिएका छन्।
घटनामा परी घाइते भएकामध्ये अरु १३ जनाको बसेमाह अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेका मृतकको सङ्ख्या बढ्न सक्ने पनि चिकित्सकले जनाएका छन्।
दुर्घटनामा परेको बस १ सय ५० मिटर तल खसेको थियो। दुर्घटना भएका बेला बसमा ५४ यात्रु रहेका थिए। दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६