पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लिग चरणका पाँचै खेल जितेर चितवन राइनाेज फाइनलमा पुगेकाे छ ।
मंगलबार भएकाे खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले हराउँदै चितवनले फाइनलकाे यात्रा तय गरेकाे हाे । चितवनले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेटको क्षतिमा १०७ रन मात्र जोड्यो ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ४० रन जोडे। उनले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । पवन सर्राफले १९ बलमा २७ रन र पृथु बाँस्कोटाले २३ बलमा १८ रन जोडे ।
बलिङमा चितवनका सनी पटेलले ३ विकेट लिए भने रोहान मुस्ताफाले २ विकेट लिए ।
हारपछि पनि प्ले अफमा पुग्ने काठमाडौंको सम्भावना बाँकी नै छ। लिग चरणको अन्तिम खेल बुधबार विराटनगर र बुटवलबीच हुने छ । चितवन १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने ४ खेलमा ३ खेल जितेको बुटवल ६ अंकसहित दोस्रो स्थानमा छ। बुटवल प्लेअफमा पुगिसकेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६