नुवाकाेट । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा मिनीट्रक दुर्घटनामा परी बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका २ कर्मचारीकाे मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रकमा सवार सोही कम्पनीका कर्मचारी २ जनाको मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । थापाका अनुसार मिनीट्रकमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको बताए ।
मृत्यु हुनेमा सुवा जिल्ला नौकुण्ड गाउँपालिका–३ का १९ वर्षीय सुदीप तमाङ (सह–चालक) र खोटाङ जिल्ला घर भएका १९ वर्षीय अविरल तमाङको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
घाइते हुनेमा नुवाकोट ककनी गाउँपालिका–१ का २८ वर्षीय गणेश बलामी (चालक), सोही जिल्लाका विदुर नगरपालिका– ६ का ४५ वर्षीय सचितकुमार रिमाल, जाजरकोट जिल्ला भेरी नगरपालिका–३ का २२ वर्षीय शङ्करराज सुनार, सोही ठाँउका २७ वर्षीय हेमराज ठकुरी, ३० वर्षीय तिलक खत्री र १८ वर्षीय विमल सुनार रहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
घाइते ६ जनामध्ये २ जनालाई काठमाडाैँ रिफर गरिएको र ४ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६