पाेखरा । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शुक्रबार भएकाे खेलमा एक्सपर्ट धनगढीलाई हराउँदै चितवन राइनाेजले लगातार तेस्राे जित दर्ता गरेकाे छ ।
पोखरा रगंशलामा शुक्रबार भएको खेलमा चितवनले धनगढीलाई ५२ रनले पराजित गरेकाे हाे । चितवन अंक तालिकाको शीर्ष स्थानमा छ भने धनगढी पुछारमा छ ।
१८२ रनको विजय लक्ष्य पछ्याएको धनगढी निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन मात्रै बनाउन सक्यो।
धनगढीका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाए। त्यस्तै रोड्रिगो थोमसले २४, सन्दीप जोराले २१ र अमित यादवले अभिजित १७ रनको योगदान गरे। धनगढीका अन्य ब्याट्सम्यान चितवनका बलरका अगाडि धेरै समय क्रिजमा टिक्न सकेनन्।
धनगढीलाई सस्तैमा समेट्न भुवन कार्कीले ३ तथा करन केसीले र सन्नी पटेलले समान २ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। चितवनका लागि आरिफ शेखले सर्वाधिक ४७ रन बनाउँदै अभिजित रहे। चितवनको जितमा बाबर हायतले ३६ रन, सन्नी पटेलले अभिजित ३२ रन, पारस खड्काले २३ र अनिल साहले १९ रनको योगदान रह्यो।
यता बुटवलका लागि दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान २ तथा अमित यादवले १ विकेट लिए।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६