काठमाडौं । पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शुक्रबार भएकाे पहिलो खेलमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेकाे छ ।
पहिले ब्याटिङ गरेको पोखरा पल्टनले २० ओभरमा १ सय २१ रन बनाएकाे थियाे । पोखरा पल्टनका लागि आरइन्द्र सिंहले ४५, पीजी डेकले २०, रोहित पौडेलले १९ र इशान पाण्डेले १३ रनकाे याेगदान दिएका थिए।
जवाफी ब्याटिङमा १ सय २२ रनको लक्ष्य पाएकाे बुटवलले १४ ओभरमै लक्ष्य पूरा गर्न सफल भयाे । बुटवलका लागि अफताबुद्दिन अहमदले ४६ बलमा ७५ रन जाेडे भने शंकर रानाले १९ रन तथा भुवन कार्कीले १७ रन बनाउन सफल भए ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६