नेपाली राष्ट्रिय यु १९ महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेकाे छ ।
बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेलेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालका लागि सविता रानामगरले १ गोल गरिन् ।
३ मैत्रीपूर्ण खेल खेलेको नेपालले २ खेलमा जित तथा १ खेलमा बराबरी बनाउन सफल भएको थियो । नेपालले पहिलो खेलमा बहराइनको यु–१९ टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो र दोस्रो खेलमा नेपालले ३–० को जित निकाल्न सफल भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६