काठमाडौं । सरकारले सीमा क्षेत्रमा १ सय १४ वटा चेकपोस्ट थप गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले साे निर्णय भएको जानकारी दिए ।
यसैगरी नेपाली सेनाका ३ उपरथीहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ भने निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका २ अधिकृतलाई सरुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सरकारी सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिन समितिको म्याद पुस २८ सम्मका लागि थप गर्ने निर्णय गरेको छ ।
हेर्नुहाेस् पूरा निर्णयः
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६