पाेखरा । पोखरा प्रिमियर लिगअन्तर्गत बिहीबार भएकाे खेलमा चितवन राइनोजले बुटवल ब्लास्टरलाई फराकिलाे रनले हराएकाे छ ।
कप्तान पारस खड्का र रोहन मुस्तफाले पहिलो विकेटका लागि १ सय १७ रनको साझेदारी गरेपछि चितवनले बुटवललाई १ सय १९ रनले पराजित गरेको हाे ।
यससँगै चितवन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३ रनको योगफल खडा गर्यो ।
२ सय ४ रनको लक्ष्य पछ्याएको बुटलले १८.४ ओभरमा सबै विकेट गुमाएर ८४ रनमा समेटियाे । चितवनका लागि पारसले ४० बलमा ६३ रन र मुस्ताफाले ५६ बलमा नटआउट ७० रन बनाउन सफल भए भने आरिफ शेखले १९ बलमा ३ चाैका र ३ छक्का हान्दै ४० रन बनाए । बुटवलका अफ्ताबुद्दिनले २ तथा अविनास बोहराले १ विकेट लिए ।
बुटवलका लागि शिभम् सिंहले ३३ रन जोडे भने भीम सार्कीले २१ रन बनाउन सफल भए । चितवनका कारण केसीले ४ विकेट लिए । रोहान मुस्ताफाको नाममा २ विकेट रह्यो ।
खेलको म्यान अफ द म्याच चितवनका मुस्ताफा घोषित भए ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६