काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध पूर्वसभामुख कृष्णबहादुर महराले दिएको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै छ ।
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनले १७ मंसिरमा उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा सुनुवाइ गर्न लागेको हो ।
बिहीबारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने बा बदर गर्ने निर्णय गर्ने छ । उच्चले जिल्ला अदालतको फैसला उल्ट्यायो भने उनी थुनामुक्त हुने छन् ।
उच्चले जिल्लाकै आदेश सदर गरेमा उनी थुनामै रहनुपर्ने हुन्छ । उच्चको उक्त आदेशविरुद्ध सर्वाेच्च जाने अधिकार भने महरासँग सुरक्षित हुने छ ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६