सप्तरी । विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ।
घरमा कोही नभएका बेला १५ मंसिरमा खत्वेले किशोरीलाई विवाहको आश्वासन दिई बलात्कार गरेको आरोप लागेको छ।
बलात्कार गरेको भन्दै पीडित किशोरीकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।
३० मंसिरमा जबर्जस्ती करणीको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ३० मंसिरमा स्वास्थ्य परीक्षण गरिएको थियो।
प्रकाशित मिति: बुधबार, पुस २, २०७६