भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकाममा मंगलबार जिल्लामा कार्यरत पत्रकारहरुको भेलाले पत्रकार युवराव बिष्टको अध्यक्षतामा ११ सदस्यीय फोटो पत्रकार महासंघ भोजपुर शाखाको गठन गरेको छ ।
भोजपुरका अग्रज पत्रकार निरोज कोइरालाको अध्यक्षतामा भएको भेलाले नयाँ समिति निर्माण गरेको हो । भेलाले महासंघको उपाध्यक्षमा अर्जुन बस्नेत, सचिव प्रदीपचन्द्र राई, कोषाध्यक्षमा कविता खड्कालाई चयन गरेकाे छ ।
यस्तै सदस्यहरुमा प्रमित सिप्तुङ, गोकुल भुजेल, शारदा तामाङ, दिपा न्यौपाने, मोहन दुराल र सपना तामाङ चयन भएका छन् ।
विभिन्न सञ्चार माध्यममा आबद्ध भई क्रियाशीलरुपमा काम गरिरहेका पत्रकारहरुलाई समेटेर समिति गठन गरिएको हो ।
पछिल्लो समयमा व्यावसायिकरुपमा पत्रकारिता गर्ने पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट व्यावसायिक पत्रकारितामा थप टेवा पुर्याउने उद्देश्यले शाखा गठन गरिएको नेपाल पत्रकार महासंघ भोजपुर शाखाका कार्यबाहक अध्यक्ष एक्सन राईले बताए ।
भेलाले महासंघको यही २ गते विराटनगरमा सुरु हुने महाधिवेशनका लागि प्रतिनिधिसमेत छनौट गरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १, २०७६