पाकिस्तानको लाहोर उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ । देशद्रोहको अभियोगमा अदालतले उनलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो ।
मुशर्रफ अहिले पाकिस्तानमा छैनन् । उनले अहिले दुबईमा उपचार गरिरहेका छन् । केही दिनअघि उनले एक भिडियो सन्देश जारी गरेर आफ्नो स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै आफ्नो अवस्था बारे जानकारी लिन अनुसन्धान आयोगसँग आग्रह गरेका थिए ।
संविधानको अपहेलना र गम्भीर देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘यो आरोप पूर्ण रुपले निराधार हो । देशद्रोहको कुरा छोडौँ, मैले यो देशको निकै सेवा गरेको छु, युद्ध लडेको छु । र १० वर्षसम्म देशको सेवा गरेँ ।’
लाहोर उच्च अदालतका तीन न्यायाधीशको बेन्चले बहुमतका आधारमा उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
प्रकाशित मिति: मंगलबार, पुस १, २०७६