विराटनगर । बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबबा अर्थात कृष्णबहादुर गिरीलाई थप ७ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्वबाबालाई चौथों पटक म्याद थप गरिएको हो ।
जिल्ला अदालत सुनसरीका न्यायाधी मणिराम न्यौपानेको एकल इजलासले ७ दिनको म्याद थप गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
बिरामी रहेका बाबालाई प्रहरीले विराट नर्सिङ होममै राखेर अनुसन्धान गरिरहेको छ भने सोमबार म्याद थपपछि पनि पनि अस्पतामै लगिएको छ ।
प्रहरीले उनलाई गत मंसिर १६ गते अस्पतालको आइसियुबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६