काठमाडौं । काठमाडौंकाे तारकेश्वरमा १ महिलामाथि सामूहिक बलात्कार भएकाे घटना सार्वजनिक भएकाे छ ।
३० वर्षीया ती महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका–४ बस्ने ३९ वर्षीय रोमराज पुतुवार र ४९ वर्षीय लाले तामाङलाई पक्राउ गरेको छ ।
उनीहरुलाई महिलामाथि सामूहिक बलात्कार भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६