काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण नेपालका विभिन्न भूभागमा पानी पर्ने र हिमपात हुने क्रम जारी छ । शुक्रबार बिहानदेखि जारी वर्षा राेकिएकाे छैन ।
न्यूनचापीय प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात भइरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
काठमाडौं उपत्यका लगायतका देशका विभिन्न ठाउँमा अहिले पानी परिरहेकाे छ । पानी परेसँगै काठमाडौं उपत्यकामा जाडाे बढेकाे छ । चन्द्रागिरिसहित उपत्यकाका अग्लो स्थानमा हिउँ परेकाे त्यहाँका स्थानीयले जनाएका छन् ।
पानी परेर जाडाे बढेसँगै उपत्यकामा मनिसकाे चहलपहलमा पनि कमी आएकाे छ । सडकमा पैदलयात्रुकाे संख्या ह्वात्तै घटेकाे छ भने सवारी साधनकाे चाप पनि कम भएकाे छ । अत्यावश्यक कामबाहेक मानिसहरू बाहिर निस्किएका छैनन् ।
पानीमा काठमाडाैं, केही तस्बिरः
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६