नाइजरको पश्चिमी इलाकामा रहेको एक गाउँमा अवस्थित सैन्य शविरमा सो आक्रमण भएको हो । यसैबीच, इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ ।
इजिप्टको भ्रमणमा रहेका नाइजरका राष्ट्रपति मोहमद इसोफो यस घटनापछि स्वदेश फर्किएका छन् ।
फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों र ५ पश्चिमी अफ्रिकी नेताहरूबीच उक्त क्षेत्रमा सुरक्षा अवस्थाको विषयमा हुन लागेको सम्मेलनको केही दिनअघि उक्त आक्रमण भएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६