विराटनगर । जिल्ला अदालत सुनसरीले बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्ध बाबा उर्फ कृष्णदास गिरीलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
यसअघि दिएकाे म्याद सकिँदा पनि अनुसन्धान नसकिएपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो । गिरी उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिनमा छन् ।
प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ हाेम नै लगिएको छ । अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयानसमेत अस्पतालमा नै गराउन आदेश दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६