हेटौँडा । मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका–२ भैँसेबाट १० किलो २ सय ५० ग्राम चरेससहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका–७ बस्ने अरविन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका–१ बस्ने सुल्तान मियाँ अन्सारी छन् ।
उनीहरुलाई प्रहरी चौकी भैँसेबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
भीमफेदीबाट हेटौँडातर्फ आइरहेको बा ४० प ७२४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक पटेल र मोटरसाइकलमा सवार अन्सारीले बीचमा राखी ल्याएको उक्त परिमाणको चरेस फेला परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६