काठमाडौं । भूमध्य सागरको वायुको प्रभावका कारण नेपालका विभिन्न भूभागमा पानी पर्ने र हिमपात भइरहेकाे छ । न्यूनचापीय प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात भइरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले काठमाडौं उपत्यका लगायतका देशका विभिन्न ठाउँमा हल्का वर्षा भइरहेको छ । पानी परेसँगै काठमाडौं उपत्यकाकाे तपक्रम ह्वात्तै घटेकाे छ । सामान्यभन्दा उपत्यकाकाे चहलपहलमा पनि कमी आएकाे छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा अहिलेको तापक्रम १२ डिग्री सेल्सियस छ। उनका अनुसार काठमाडौंको भिजिबिलिटी ३ किलोमिटर छ। बुधबार विकसित हुन थालेको मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने माैसमविद्काे अनुमान छ ।
आज हुम्ला, डोल्पा,मुगु, मुस्ताङ, बैतडी लगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा भारी हिमपात भएको छ । पहाडी भेगमा बदली भई हल्का वर्षा भएको छ । हिमाली र उच्च पहाडी भेगमा वर्षा र भारी हिमपात भइरहेको माैसमविद्ले जनाएका छन् ।
महाशाखाले हिमपात हुने भेगमा बसोबास गर्ने स्थानीय तथा पर्यटकलाई शनिबारसम्म सचेत रहन अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६