काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको फाइनल स्पर्धामा नेपालले शानदार जित हासिल गरेकाे छ । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।
तर खेलकाे दोस्रो हाफमा नेपालका लागि सुनिल बलले दोस्रो गोल गरेर खेलमा नेपालकाे अग्रता दिलाए । खेलको ५३औं मिनेटमा उनले गरेकाे यही गाेल नै निर्णायक बन्न पुग्याे ।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६