काठमाडौं । साग फुटबलको फाइनलमा नेपालले दोस्रो गोल गरेको छ ।
दोस्रो हाफमा जारी खेलमा नेपालले यससँगै २–१ को अग्रता लिएको छ । खेलमा नेपालका लागि दोस्रो गोल सुनिल बलले खेलको ५३औं मिनेटमा गरेका हुन् ।
खेलको १५औं मिनेटमा नै नेपालले सुरुवाती गोलको अग्रता लिएको थियो । अभिषेक रिजालले नेपालका लागि सुरुवाती गोल गरेका थिए ।
तर फेरि भुटानका कप्तान चेन्चाे ग्याल्सेनले ३७औँ मिनेटमा बराबरी गाेल फर्काएका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६