चेन्चो ग्याल्चेनले खेलको ३७औं मिनेटमा नेपालविरुद्ध गोल गरेका हुन् । यससँगै नेपाल र भुटानकाे समान १-१ गाेलकाे बराबरी भएकाे छ ।
खेलकाे १५औं मिनेटमा नेपालले पहिलाे गाेल गरेर अग्रता लिएकाे थियाे । नेपालका लागि अभिषेक रिजालले भुटानविरुद्ध गोल गरेका हुन् ।
दशरथ रंगशालामा मंगलबार दिउँसो ठिक ३ बजे नेपाल र भुटानबीचको फाइनल खेल सुरु भएको हो ।
समुह चरणमा भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । भुटानले भने साग फुटबलको फाइनलमा पहिलोपटक स्थान बनाएको छ। मंसिर १५ गतेदेखि सुरु भएको सागको समापन आजै हुने कार्यक्रम रहेको छ।