पाेखरा । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा स्वर्ण पदकका लागि भएकाे फाइनल प्रतिस्पर्धामा नेपाल भारतसँग २-० गाेल अन्तरले पराजित भएकाे छ ।
पोखरा रंगशालामा भएकाे खेलमा खेलको १८ औं मिनेटमा नेपालले पहिलाे गोल खान पुग्यो । नेपालको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै भारतका लागि बाला देवीले गोल गरिन् ।
पहिलाे हाफमा १ गाेलले पछि परेकाे नेपालले दाेस्राे हाफकाे सुरूआतमा नै अर्काे गाेल खायाे । भारतका लागि बाला देवीले नै खेलकाे ५६औँ मिनेटमा दोस्राे गाेल गरिन् ।
प्रशिक्षक हरि खड्काले दिए राजीनामा
महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् । पोखरा रंगशालाबाटै खड्काले नैतिकताको आधारमा राजीनामाको घोषणा गरेका हुन् ।
खड्काकै प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप र ओलम्पिक छनोट खेलेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६