न्युजिल्यान्डमा ज्वालामुखी विस्फोटमा परी केही मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दर्जनौं मानिस घाइते भएका छन् भने केही केही सम्पर्कविहीन भएको जनाइएको छ।
उत्तरपूर्वी न्युजिल्यान्डको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो ।
यसबाट एउटा पर्यटक बोकेको डुङ्गा पनि प्रभावित भएको न्युजिल्यान्डको क्रूज एसोसिएसनले जनाएको छ । प्रभावितको उद्धारका लागि उद्धारकर्मीहरू परिचालित गरिएको छ ।
प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो भन्दै उद्धारमा पूर्ण ध्यान दिइने जनाएकी छिन् ।
सक्रिय ज्वालामुखी रहेको ह्वाइट आइल्यान्ड पर्यटकीय स्थल भएकाले पर्यटकहरु परेको जनाइएको छ । विस्फोटको समयमा झन्डै ५० जना रहेको प्रहरीले जनाएको छ ।
यस टापुमा पहिले पनि ज्वालामुखी विस्फोटका घटना भइरहने गरेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६