बाँके । विद्यार्थीको प्रदर्शन चर्किएपछि बाँकेमा प्रशासनले कर्फ्यु आदेश जारी गरेकाे छ। ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि विद्यार्थीले चर्को प्रदर्शन गरेका थिए ।
कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचाेकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यु लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त भट्टराईले जानकारी दिए ।
आइतबार बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुरकी १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।
विद्यार्थीहरुले ठक्कर दिने ट्रकसमेत जलाएका छन् । प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको छ ।
प्रहरीको हवाई फायरले पनि भीड नियन्त्रण नभएपछि कर्फ्यु जारी गरिएको बताए । झडपका क्रममा २५ जना विद्यार्थी र प्रहरी घाइते भएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६