पाँचथर । सुन्तला उत्पादक कृषकलाई व्यावसायिक बनाउने तथा सुन्तला उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा आज सुन्तला महोत्सव सुरु भएको छ ।
प्रदेश नं १ प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति सीता थेबेले महोत्सवको उद्घाटन गरिन् ।
सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको कुरुम्बामा आयोजना गरिएको महोत्सवमा सुन्तलाका स्टलहरु राखिएका छन् । महोत्सव ३ दिनसम्म चल्ने मिक्लाजुङ गाउँपालिका–५ का वडाध्यक्ष अविसन लावतीले जानकारी दिए ।
कुरुम्बामा ५ दर्जनभन्दा बढी घरपरिवारले व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्ने गरेका छन् । अधिकांशले सुन्तलाबाट बर्सेनि लाखौँ आम्दानी गर्ने गरेका छन् ।
यहाँ व्यापारीहरुले बगानमै आएर सुन्तला खरिद गरी तराईका जिल्लामा पुर्याएर बिक्री गर्ने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६