बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा ५ किलो चरेससहित २ जना पक्राउ परेका छन् ।
गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हाे ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६