चितवन । चितवनमा अटो रिक्सा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। भण्डाराबाट करिब २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा अटो दुर्घटना हुदाँ २ पुरुष र ३ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
राप्ती नगरपालिका ४ स्थित चेपाङ मार्ग ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो। डीएसपी कोइरालाका अनुसार अटोमा सवार ६ जनामध्ये ५ जनाको मृत्यु भएको हो। दुर्घटनामा परी घाइतेको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकमध्ये १ जनाको मात्रै पहिचान खुलेको छ । पर्वतको कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै पहिचान खुलेको हो । अन्यको भने पहिचान खुल्न नसकेको कोइरालाले बताए ।
उपचारको क्रममा पुरानो मेडिकल कलेजमा अन्दाजी ३५ वर्षका १ जना र २५-३० वर्षकी महिलाको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । त्यस्तै भरतपुर अस्पतालमा अन्दाजी ३५-४० २ जनाको उपचारको क्रममा मृत्यु भएको हो।
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६