बुटवल । मानसिक सन्तुलन गुमाएका व्यक्तिले आफ्नै बाबुआमाको हत्या गरेका छन् ।
रूपन्देहीको ओमसतिया– ४ का गोरखबहादुर यादवले घरमै बसिरहेका बेला ७२ वर्षीय बाबु रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको हत्या गरेका हुन् ।
हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख हेम थापाले जानकारी दिए । गम्भीर घाइते भएकी आमा थगनाको भने युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको थापाले बताए ।
गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६