काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्समाथि ८४ रनको फराकिलो अन्तरकाे जित निकालेको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान भएकाे माल्दिभ्स विरुद्धको खेलमा नेपाल ८४ रनले विजयी भएकाे हाे । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो ।
१ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्स निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७९ रनमा समेटियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६