काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले २ स्वर्ण पदक हात पारेको छ ।
गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । १७ वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गरेका छन् । उनले बङ्गलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण जितेका हुन् ।
यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६