हैदराबादको बहुचर्चित बलात्कार काण्डमा पक्राउ परेका ४ अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएकाे बिबिसीले जनाएकाे छ । यो इन्काउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो ।
तेलंगना प्रहरीका एडिजी जितेन्द्रका अनुसार शुक्रबार बिहानीपखको ३ बजे चारै अभियुक्त प्रहरी कारबाहीमा मारिएका हुन् । मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु मारिएका
यी चार अभियुक्तलाई लिएर बिहीबार रातिहुन्। प्रहरी घटना भएकाे भनिएकाे जंगलमा गएकाे थियाे । जहाँ उनीहरुले बलात्कारपछि महिलालाई जलाएका थिए ।
जंगलमै प्रहरीमाथि अभियुक्तले हमला गर्न खोजेपछि भएको मुठभेडमा उनीहरुकाे मृत्यु भएको प्रहरीको दाबी छ । उनीहरु १४ दिनदेखि न्यायीक हिरासतमा थिए ।
हैदराबादको २८ नम्बर क्षेत्रको एक टोलमा २६ वर्षीया डाक्टरकाे शव जलेको अवस्थामा फेला परेको थियो । पोसटमार्टम रिपोर्टले ती युवतीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६