काठमाडौं । १३औं सागअन्तर्गत महिला ह्यान्डबलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा बंगलादेशमाथि २६-२४ को जित निकाल्दै नेपाल अन्तिम ४ मा पुगेको हो ।
नेपालको जितमा उमा राईले सर्वाधिक ८, निशा राईले ५, कविता राई र रन्जना राईले ४/४ गोल गरे ।
यस्तै आइता लोमु शेर्पा र शान्ति कला राईले २र२ तथा कल्पना ओलीले १ गोल गरिन् । जितसँगै नेपाल समूह बी समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६