काठमाडौँ । आपराधिक समूहसँग सम्पर्क देखिएको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएपछि काठमाडौँ जिल्ला अदालतले डीएसपी कुमुद ढुंगेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला अदालत काठमाडौंले केही दिनअघि ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएकाे बताइएकाे छ । गत २६ चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएपछि उनी अनुसनधानको घेरामा थिए ।
त्यस घटनाका बेला ढुंगेल रौतहटको चन्द्रनिगाहापुर इलाका प्रहरी प्रमुख थिए । गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर घटनामा ढुंगेलको निकै चर्चा भएको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६