काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दोततर्फ नेपालकी संगीता बस्यालले स्वर्णपदक जित्न सफल भएकी छिन् ।
बुधबार ६२ केजी तौल समूहमा संगीताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरेकी हुन् । सातदोबाटो स्थित कभर्ड हलमा भएको ६२ केजी मुनिको खेलमा संगीता बस्यालले स्वर्ण जितेकी छिन्। भारतीय खेलाडी गागनिओट गिलविरुद्ध १९-८ को अन्तर निकाल्दै बस्यालले स्वर्ण जितेकी हुन्।
योसँगै तेक्वान्दोमा नेपालको स्वर्णपदकको संख्या १० पुगेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६