काठमाडौं । १३औं सागअन्तर्गत डाउनहिल साइक्लिङमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका राजेश मगर र निस्मा श्रेष्ठले स्वर्ण जितेका हुन् ।
गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ शीर्ष ३ स्थान हात पार्यो । जसमा पुरुषमा राजेश मगरले स्वर्ण जिते । महिलामा निश्मा श्रेष्ठ पहिलो भइन् । दोस्रो स्थान पनि नेपालले नै हात पार्यो ।
दक्षिण एसियाली खेलकुदमा साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो । यो सँगै नेपालले २७ स्वर्ण जितेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६