१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको फाइटमा अनुपमा मगरले स्वर्ण पदक जितेकी छिन् ।
कराँतेअन्तरगत ६८ केजी माथि तौल समूहमा मगरले पाकिस्तानी खेलाडी नरगिसलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
उनले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गरिन् । यससँगै नेपालको स्वर्ण २४ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६