काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला भलिबल टिम फाइनलमा भारतसँग ३-२ काे सेटमा पराजित भएकाे छ ।
पहिलो सेट १७–२५ ले गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो र तेस्रो सेटमा जित निकालेको थियो । दोस्रो सेटमा नेपालले २५–२३ र तेस्रो सेटमा २५–२१ ले जित हात पारेको थियो । तर, चौथो सेटमा आइपुग्दा फेरि २०–२५ ले पराजित भयो ।
महिला भलिबल टोलीले १९९९मा नेपालमै सम्पन्न आठौं संस्करणमा कास्य पदक जितेको थियो। त्यसपछि २००६ मा कोलोम्बोमा र २०१६ को गुवाहिटी सिलोङमा सम्पन्न १२औं सागमा पनि कास्य पदक जितेको थियो।
नेपाली महिला भलिबल टोलीले सागमा फाइनल खेलेको यो नै पहिलोपटक हो । त्यसैले रजत पदक पनि नेपाली टोलीका लागि ऐतिहासिक सफलता हो।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६