काठमाडाैं । ललितपुरस्थित लिटल एन्जेल स्कुलको आयोजनामा भएको १३औं एलए कप फुटबल प्रतियोगितामा पहिलाे पटक आयाेजक स्कुलले फाइनल प्रतिस्पर्धा जितेकाे छ । मंगलबार भएकाे फाइनल खेलमा टिम केयुलाई सडन डेथमा ५ का विरुद्ध ६ गाेलले पराजित गर्दै एलएले उपाधि जितेकाे हाे ।
खेलमा केयुका तर्फबाट विपुल भण्डारी र एलएका तर्फबाट राहुल खड्काले समान १ गाेल गरेका थिए । निर्धारित खेल अवधिमा १-१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएकाे थियाे । पाेनाल्टीमा पनि बराबरी भएपछि सडन डेथबाट हारजितकाे टुंगाे लगाइएकाे थियाे ।
खेलमा प्रथम हुने टिमले नगद ५० हजार सहित मेडल र ट्रफी प्राप्त गरेकाे छ भने दाेस्राे हुने केयुले नगद ३० हजारसहित मेडल र प्रमाणपत्र पाप्त गर्याे ।
खेलका बेस्ट गाेलकिपर एलएका सनम थेबे घाेषित भए भने बेस्ट डिफेन्स केयुका विपुल भण्डारी भए । यसैगरी एलएका हिमांशु खड बेस्ट मिडफिल्डर भए ।
यसैगरी प्रतियाेगितामा सबैभन्दा बढी गाेल गर्ने खेलाडीकाे रुपमा एलएका प्रशान्त अवस्थीले नामक लेखाए । उनले जम्मा ७ गाेल गरेका थिए ।
एलएकै राहुल खड्का बेस्ट प्लेयर बने भने एलएका फुटबल प्रशिक्षक राजेन्द्र कार्की बेस्ट काेच घाेषित भए ।
प्रतियाेगितामा विजयीहरूलाई एलएकी कर्पाेरेट डाइरेक्टर श्रृष्टि लिम्बू शेर्पा र लिटल एन्जल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल मित्रबन्धु पौडेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६