काठमाडौं । बागलुङमा भएको जिप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकाेप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
पूर्वमन्त्री गोकर्ण विष्ट दुर्घटनाका घाइतेलाई दिन सेनाकाे हेलिकोप्टर लिएर बडिगाड पुगेका थिए । बर्दघाटका जीवन कार्की, रोल्पा घर भई इस्मा माइती भएकी नीमा कार्की, इस्माकै हिमाल कार्कीलाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको बताइएकाे छ ।
बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा चालकसहित १४ जनाको घटनाास्थलमै मृत्यु भएको थियो भने १ जनालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । जीपमा १८ जना रहेकाे बताइएकाे छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६