बागलुङ । बडिगाडमा भएको जिप दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा सुचना कार्की, धनबहादुर कार्की, बसुन्धरा कार्की, माया थापा, भुमा कार्की, लक्ष्मी केसी, सीता कार्की, अनुस्का कार्की, झवि कार्की, महेन्द्र कार्की, भूमि कार्की, मीना बस्नेत, तुलसी कार्की र धनबहादुर कार्की रहेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार बाग्लुङको बडिगाड गाउँपालिका-७ को कोप्चे भन्ने स्थानबाट जिप बडिगाड खोलामा खसेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार जिपमा १८ यात्रु सवार रहेका र १ जना बेपत्ता भएको बताइएको छ । क्षमताभन्दा बढी यात्रु रहेका कारण जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । जिप सडकबाट ५ सय मिटर तल खोलामा खसेको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा नवलपरासी बर्दघाट नगरपालिका-२का जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका-४का हिमाल कार्की र निमा केसी छन् भने इश्मा गाउँपालिका-४ का १५ वर्षे धनबहादुर कार्की बेपत्ता छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६