काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ ।
पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफको अन्त्यतिर श्रीलंकालाई १ गोल हानेको हो । श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपाल १–० गाेलले विजयी भएको हो । नेपालका लागि सरु लिम्बूले ८६ औँ मिनेटमा गोल गरेकी हुन् ।
महिला फुटबल अन्तर्गत आज भारत र माल्दिभ्सबीच खेल हुने छ । अब नेपालले बिहीबार माल्दिभ्ससँग खेल्ने छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६