काठमाडाैं । आइतबार झिनो अंकले मात्रै वृद्धि भएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ०.८६ विन्दुले घटेर १ हजार १११.९९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४४ विन्दुले घटेर २४५.७१ मा पुगेको छ । नेप्से झिनो अंकले घटे पनि काराेबार रकम भने आइतबारको तुलनामा बढेको छ ।
आइतबार कुल १६१ कम्पनीको ६ लाख ७५ हजार ३८ कित्ता सेयर २० करोड ६३ लाख १४ हजार ३२३ रुपैयाँमा कारोबार भएको थियो । आज कुल १६४ कम्पनीको ८ लाख २६ हजार ३६८ कित्ता सेयर २३ करोड २२ लाख ५९ हजार ३३१ रुपैयाँमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आज ३ उपसमूहको मात्रै सेयर उकालो लागेको छ । बैंकिङ १.१३, व्यापार १३.९९ र जलविद्युत् २.१८ विन्दुले बढेको छ । यस्तै होटल ८.८, विकास बैंक ३.८३, वित्त ०.६, निर्जीवन बीमा ३.७, उत्पादन ४.१, अन्य २.०४, लघुवित्त १.०४, जीवन बीमा ६४.०१ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।
काराेबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको १ करोड ९३ लाख ९६ हजार ४५२ रुपैयाँ बराबरको सेयर कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १ करोड ३५ लाख ६९ हजार ९१९, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक १ करोड ११ लाख ६५ हजार ४०४, एनआइसी एसिया १ करोड ७ लाख ८३ हजार ८६५, साल्ट ट्रेडिङ कर्पोरेसन ८८ लाख ८७ हजार २१३ र सेन्चुरी बैंक ८१ लाख ६५ हजार ७६० रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ९.९६ प्रतिशतले कमाउँदा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ७.८३, साल्ट ट्रेडिङ कर्पोरेसन ४.४१, पाँचथर पावर कम्पनी ४, नेपाल हाइड्रो डेभलपर्स ३.७७ र स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.४५ प्रतिशतले कमाए ।
त्यस्तै अरुण काबेली पावर ६.५५, साइन रेसुङ्गामा डेभलपमेन्ट बैंक ५.८०, आँखु खोला जलविद्युत् कम्पनी ५.१७, आइएमई जनरल इन्स्योरेन्स ५.०५, सिनर्जी पावर ४.८१, लाइफ इन्स्योरेन्स कम्पनी ३.७९ र जोशी हाइड्रोपावरका सेयरधनीले ३.७० प्रतिशतले गुमाए । रासस
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६